काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिक यात्रा र मुलुकको राजनीतिक अवस्थाबारे विशेष सम्बोधन गर्ने भएकी छिन्।
एमालेका पूर्व महासचिव मदन भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मातृ पार्टी एमालेको राजनीति प्रवेश गर्ने र मुलुकको समसामयिक राजनीतिबारे सम्बोधन गर्ने भएकी हुन् ।
एमालेको राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला भण्डारीले असार १४ गते विशेष सम्बोधन गर्न लागेकी हुन् । असार १४ मा नेपाल राष्ट्रिय सभामा ७४औँ मदन जयन्ती मनाउने क्रममा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्न लागेकी भण्डारी निकट रहेका नेताहरूको दाबी छ । अहिले कार्यक्रमका प्रमुख अतिथि ओली छन् भने भण्डारीलाई विशिष्ट अतिथि बनाइएको छ।







