२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोराही उपमहानगरे ल्यायो दुई अर्ब २९ करोडको बजेट

अ+ अ-

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । 

मंगलबार भएको नगरसभाको १७ श्री अधिवेशनमा उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २९ करोड २९ लाख रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् ।

आर्थिक वर्ष ०८२/०८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ ८३ करोड ३४ लाखमध्ये दश करोड ८३ लाख पुँजीगत र ७२ करोड ५१ लाख चालु खर्च रहेको बजेट प्रस्तुत भएको हो ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तीन करोड ९२ लाख ८ हजार रुपियांमध्य तीन करोड ८७ लाख पुँजीगत र पाँच लाख ८ हजार चालु खर्च, संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय सामानिकरण अनुदान, राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा, रजिष्टेशन, बैंक मौज्दातसमेत बाट एक अर्ब ४२ करोड ९२ हजार रुपैयाँमध्ये ५६ करोड १९ लाख ८७ हजार चालू खर्च र ८५ करोड ८१ लाख पाँच हजार पुँजीगत खर्च रहेको छ ।

पूर्वाधार विकासतर्फ ७९ करोड ९४ लाख ५० हजार, सरसफाइ, वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत दुई करोड २९ लाख २० हजार, सामाजिक विकासतर्फ आठ करोड ३० लाख ४५ हजार, शिक्षा, युवा तथा खेलकुद आन्तरिकतर्फ ८ करोड ६९ लाख ३० हजार रुपैयाँ, आर्थिक विकासअन्तर्गत छ करोड ६७ लाख ४४ हजार, खेलकुद प्रतियोगिता सञ्चालनका लागि ३७ लाख ५० हजार, उज्यालो प्रशंसा कार्यक्रमका लागि १५ लाखको बजेट प्रस्तुत भएको छ । 

बजेटको विषयमा घोराहीका नगर प्रमुख नरुलाल चौधरीले समृद्ध घोराही निर्माणका लागि सबै क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।