काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको १७ औँ नगर सभामा आगामी आर्थिक वर्षको लागि नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम र उपमेयर यादवप्रसाद पाठकले बजेट पेश गरेका थिए ।
नगर उपप्रमुख पाठकले पेश गरेको बजेटमा संघीय समानिकरण अनुदान १७ करोड ८९ लाख, संघीय राजश्व बाँडफाँड १३ करोड ४० लाख, संघीय सर्सत अनुदान चालू तर्फ ३६ करोड ८२ लाख, संघीय सर्शत पुँजीगत २ करोड ८८ लाख, संघीय विशेष अनुदान ६८ लाख, संघीय समपूरक अनुदान ५५ लाख, प्रदेश समानीकरण अनुदान १ करोड ८९ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै, प्रदेश राजश्व बाँडफाँड ६ करोड २२ लाख, प्रदेश सर्शत चालू ३ करोड ५६ लाख, प्रदेह सर्शत पुँजीगत १ करोड ५० लाख, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपूरक अनुदान १ करोड ७७ लाख, स्थानीय राजश्व बाँडफाँड घरजग्गा रजिष्ट्रेशन दस्तुर ९ करोड, आन्तरिक स्रोतबाट १४ करोड ५२ लाख, मौज्दात रकम १० करोड, सामाजिक सुरक्षा ३२ करोड ५० लाख, सडक बोर्ड ८० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
नगरपालिका प्रमुख सापकोटाले पालिकाले पर्यटन मार्फत रोजगारी सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले पालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको बताए ।







