२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बजेट यथार्थपरक छ, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ’-अर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् ।

बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दृढता उनले व्यक्त गरेका छन् ।

आज संसद बैठकमा बजेटका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले शिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दाबी गरेका छन् ।

उनले भने, ‘हामीले शिथिलतामा रहेको अर्थतन्त्रलाई चलायमान गराएर समस्त परिसूचकहरूमा सकारात्मक सुधार भएको छ । बजेटमा स्रोतको व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरकरुपले गरिएको छ । त्यसैले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ भन्नेमा म विश्वस्त छु । यो असम्भव छैन । हाम्रो सामर्थ्यको सीमाभित्र छ ।’

अर्थमन्त्री पौडेलले यसपटक अर्थतन्त्रको सामर्थ्यका दृष्टिकोणले सहज नरहेको उनले बताए । तथापि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पुँजीगत खर्च १७ प्रतिशत बढी गरिएको उनले स्मरण गराए । साधारण खर्च घट्ने र पुँजीगत खर्च बढ्ने सिलसिलालाई ब्रेक लगाउनै पर्ने मन्त्री पौडेलको भनाइ थियो ।