काठमाडौँ । तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।
एक घरमा कोठा डेरा लिई बस्नेहरूले लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
कोठा खानतलासी गर्ने क्रममा १०.३६ ग्राम ब्राउन सुगर भेटिएको काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती-२ का सरिका तामाङ गुरुङ, काठमाडौँ-१७ का सन्दीप शाही र बर्दिया ठाकुरबाबा नगरपालिका-९ का सन्तोषकुमार साह पक्राउ छन् ।
तीन जनामाथि ५ दिनको म्याद थपी अनुसन्धान थालेको छ ।







