काठमाडौँ । प्रतिनिधि सभा बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको छ ।
बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसदमा अवरोध पुर्याएका थिए । प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेपछि यसअघि ३० मिनेटका लागि स्थगित भएको संसद् अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताइरहेका छन् । बिहान बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए ।







