११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रहरीबाटै कुटिए भन्सार प्रमुख

अ+ अ-

काठमाडौँ । नगर प्रहरीले भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतमाथि दुर्व्यवहार र कुटपिट गरेका छन् ।

आइतबार कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको थियो।

भन्सार कार्यालयले आइतबार दिउँसो सिसिटिभी फुटेजसहित लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिवार राति कुटपिट गर्ने नगर प्रहरीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए।

लगत्तै प्रहरीले छानबिनका लागि नगर प्रहरीका प्रमुख, नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी सहितको कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिनको लागि प्रहरी टोली पठाइएको डीएसपी सिंहले जानकारी दिए। उनले भने, “यसबारेमा छानबिन भइरहेको छ, अहिले उक्त घटनाको छानबिनको लागि प्रहरीलाई खटाइएको छ।”

शनिवार राति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख धामीसहितका टोलीले भन्सार अधिकृतमाथि लछारपछार गर्दै कुटपिट गरेको सिसिटिभी फुटेज सार्वजनिक भएको थियो।

कामकाज ठप्प
कार्यालय प्रमुखमाथि कुटपिट भएको विरोधमा आइतबार कैलाली भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टहरूले ‘पेन डाउन’ गर्दै कामकाज ठप्प पारेका छन्। त्रिनगर नाकाबाट आयात–निर्यातसमेत रोकिएको छ।

भन्सार कार्यालयका अनुसार कैलाली भन्सार कार्यालयबाट दैनिक औसत तीन करोड रुपैयाँ राजस्व संकलन हुने गरेको छ। कर्मचारी आन्दोलित हुँदा राजस्व संकलन कार्यमा प्रत्यक्ष प्रभाव परेको छ।

प्रतिक्रिया दिनुहोस