११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगर प्रवक्तालाई बालेन सचिवालयको सात दिने स्पष्टीकरण पत्र

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयले वडा नं. १७ का अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरलाई सात दिने स्पष्टीकरण सोधेको छ। जेठ ८ गते मेयरको निर्देशनमा सोधिएको स्पष्टीकरणमा मेयरको व्यक्तिगत चरित्रमाथि आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ।

सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षरित पत्रमा भनिएको छ, “जनप्रतिनिधिको गरिमामय पदमा रहँदा आधारहीन, अमर्यादित अभिव्यक्तिहरूले मेयरको चरित्रहत्या र सामाजिक प्रतिष्ठामा आँच पुर्‍याएको छ, जुन मुलुकी फौजदारी संहिता, २०७४ अनुसार दण्डनीय छ।” पत्रले सात दिनभित्र गल्ती स्वीकार गरी लिखित प्रतिबद्धता पेस गर्न निर्देशन दिएको छ।

यसअघि, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत चैत २१ मा मानन्धरसहितका जनप्रतिनिधिहरूले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेको कदमविरुद्ध उभिएका थिए। 

साथै, मेयरको एकलौटी निर्णयप्रति वडाध्यक्षहरूले असन्तुष्टि जनाउँदै आएका छन्। गत वर्ष पुसमा काठमाडौँ टावरको नक्सा पास प्रक्रियामा अनियमितताको आरोपमा मेयरले मानन्धरमाथि छानबिन सुरु गरेका थिए, जुन विवाद अझै कायम छ।

प्रतिक्रिया दिनुहोस