३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन र नीतिगत सुधारमा सरकारको प्राथमिकता : गृहमन्त्री लेखक

अ+ अ-

विराटनगर । गृहमन्त्री रमेश लेखकले सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको बताएका छन्। एकीकृत भन्सार जाँच चौकी रानी, विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायको चनाखोपन आवश्यक रहेको उल्लेख गरे।

गृहमन्त्री लेखकले सातवटै प्रदेशमा आपत्कालीन गोदामघर स्थापना भएको र यसले संघीयताको अभ्यासलाई बलियो बनाएको बताए। उनले पालिका तहमा पनि यस्ता गोदामघर आवश्यक रहेको भन्दै आपत्कालमा भण्डारण सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे।

उनले सरकारले १० महिनामा उल्लेख्य सुधार गरेको दाबी गर्दै चाँडै शिक्षक सेवा ऐन र निजामती सेवा ऐन पारित हुने जानकारी दिए। सुशासनमार्फत जनतामा आशा जगाएको र सरकारको स्थायित्वको सन्देश प्रवाह भएको उनको भनाइ छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारबाट प्रदेशले क्रमशः अधिकार प्राप्त गरिरहेको र यातायात क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको बताए। उनले संघीय मातहतका सुरक्षाकर्मीबाट सहयोग प्राप्त भएको उल्लेख गर्दै प्रदेश सरकार संविधान र कानुनको दायरामा रहेर काम गर्ने प्रतिबद्धता जनाए। विपद् व्यवस्थापनमा प्रदेश सरकारले उल्लेख्य काम गरेको उनको भनाइ छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गृह मन्त्रालयबाट प्राप्त सामग्रीले विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्टले पनि आफ्नो धारणा राखे।

प्रतिक्रिया दिनुहोस