२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा सुरक्षा अधिकारीसँग छलफल

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। 

प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत लागुऔषध नियन्त्रण जस्ता विविध विषयमा शुक्रबार उनले छलफल गरेका हुन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग लागुऔषध नियन्त्रण, सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण  र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ। 

छलफल विशेष गरी सीमा क्षेत्रमा बढाइएको सुरक्षा निगरानीका विषयमा छलफल भएको थियो।

सीमाबाट हुने लागुऔषध नियन्त्रण, आपराधिक क्रियाकलाप नियन्त्रण र चोरीका घटनाहरू बढिरहेको अवस्थामा सीमा निगरानी कडाइमा लाग्न शाहले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। 

छलफलमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले लागुऔषध प्रयोगकर्ता भन्दा त्यसका कारोबारीलाई समात्ने गरी रणनीति बनाइएको मुख्यमन्त्रीलाई अवगत गराएका थिए।

छलफलमा विभागीय मन्त्रीहरू, विभागीय सचिव, प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो। 

सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विक, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक–सशस्त्र प्रहरी बल ७ नं. वैद्यनाथ बाहिनीका प्रमुख प्रदीपकुमार पाल, राष्ट्रिय अनुसन्धान सुदूरपश्चिम प्रदेशका प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक बालनरसिंह राणा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक खडकबहादुर खत्री लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस