काठमाडौँ । स्थानीय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको भेला धनगढीमा सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारी गर्न दबाब दिने उद्देश्यका साथ प्रदेश अन्तरगतका स्थानीय तहका कर्मचारीहरूको भेला सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश, स्थानीय सेवा कर्मचारीहरूको प्रदेश भेलाले संघर्ष समिति गठन गर्ने र थप संर्घषका कार्यक्रम सार्वजनिक गर्ने प्रदेश संयोजक दिनेश रावलले बताएका छन् ।
साथै आजको मितिबाट स्थानीय तहका कामकाज ठप्प पारिएको पनि संयोजक रावलले बताए ।
यसअघि पनि कानुन निर्माणको माग राख्दै पटक-पटक कर्मचारीहरूले संर्घष गरेका थिए । यही वैशाख १७ गते प्रदेश कार्यसमितिले प्रदेश अन्तर्गतका सबै पालिका, जिल्ला, प्रदेश कार्य समिति तथा प्रदेश अन्तर्गतका स्थानीय सेवाका सबै कर्मचारीहरूका लागि पत्र जारी गर्दै सङ्घर्षका कार्यक्रममा सहभागी हुन अपिल गरेको थियो ।
