२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सांसद गैरेले भने-‘भ्रष्टाचार देशकै साझा समस्या हो’

अ+ अ-

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसन देशको साझा समस्या बन्न पुगेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद गैरेले भ्रष्टाचार र कमिसन कुनै एक दलको मात्र नभई सिंगो राष्ट्रकै समस्या बन्न पुगेको बताएका हुन् ।

यो समस्या समाधान गर्न सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ । उनले सत्ता र प्रतिपक्षी दलले एकअर्कालाई आरोप लगाएर मात्र यो समस्या परास्त गर्न नसकिने भन्दै सबैले आत्मसाथ गर्नु पर्ने धारणा राखे ।

‘एकले अर्कालाई आरोप–प्रत्यारोप गरेर खुसी व्यक्त गर्ने प्रवृत्ति देखापर्‍यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबैको साझा रोग हो,’ उनले भने ।

‘एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौं,’ उनले प्रश्न गरे, ‘विपक्षी दलका नेताहरूले सरकारले गरेको राम्रो कामलाई पनि राम्रो भन्न नसक्ने, अघिल्लो सरकारले गरेको राम्रो कामलाई पनि त्यसपछिको सरकारले पन्छाउँदै जाँदा हामी कहाँ पुगौंला ?’

‘विपक्षी दलका नेताहरूमा उडायो सबै सपना हुरीले भन्ने प्रवृत्तिबाट प्रभावित भएको पाएँ, कि कुनै सम्भावना छैन, सबै अँध्यारो मात्रै भयो । कतै काम लाग्ने, आशा गर्ने ठाउँ छैन,’ उनले भने, ‘म सरकारमा नभएपछि, म नेतृत्वमा नभएपछि यो सबै कुरा के आवश्यक छ भन्ने ढंगले ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ भन्ने गीतबाट प्रभावित भएर त्यसअनुसारको प्रवृत्ति देखेका छौं । कहीँ पनि निर्माणको कुरा नगर्ने भत्काउने मात्रै । यसले समाधान दिँदैन ।’

प्रतिक्रिया दिनुहोस