२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सूचनाको हकको प्रयोगले प्रदेशमा सुशासन कायम गर्न सहयोग पुगेको छ’-मुख्यमन्त्री कार्की

अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको प्रयोगले प्रदेश सरकार र अन्तर्गतका निकायबाट प्रदान गरिने सेवामा सुशासन एवं पारदर्शिता कायम गर्न सहयोग पुगेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल पत्रकार महासंघ मोरङले आज आयोजना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले दिवसको शुभकामना दिँदै सञ्चारकर्मीले सत्य तथ्य विवरणसहितको सूचना आमजनतासमक्ष पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । अँध्यारो कोठाबाट लोकतान्त्रिक शासन प्रणाली र आम नागरिकमाथि हुने साइबर हमला कुनै हालतमा सह्य नहुने भन्दै उनले नेपाल सरकारले यस्ता कार्यलाई तुरुन्त नियन्त्रण गर्न कानुनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको महत्त्वपूर्ण सहभागितामा शुक्रबार सम्पन्न प्रदेश लगानी सम्मेलनमा रु. एक खर्ब ५२ अर्ब १६ करोडका ४६ परियोजनाले प्रदेश र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जनामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सञ्चारकर्मीहरूले कलमका माध्यमबाट समाजमा रहेका विकृति, भेदभाव, छुवाछुत, बालविवाह, महिला हिंसा नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सूचनाको हकका क्षेत्रमा योगदान गर्ने दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । रु. एक लाख १०० राशीको सूचनाको अधिकार पुरस्कारबाट किशोर बुढाथोकी र नगद रु. २५ हजार २५ को सूचनाको हक प्रोत्साहन पुरस्कारबाट राष्ट्रिय समाचार समिति सुरुंगाका प्रतिनिधि सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको छ । यसैगरी अग्रज पत्रकार एवं महासंघका मोरङका पूर्वअध्यक्ष यज्ञ शर्मालाई सम्मान गरिएको छ ।

महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, पुरस्कार कोषका संस्थापक केदारबहादुर बस्नेत, महासंघ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, महासंघ मोरङ उपाध्यक्ष सन्तोष सिग्देल र पूर्वप्रदेश अध्यक्ष लीला वल्लभ घिमिरेलगायतले सार्वजनिक निकायलाई पारदर्शी बनाउन एवं जनतामा सूचनाको हकको पहुँच बढाउन पुरस्कारले सहयोग पुर्‍याएको बताएका थिए । 

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि स्व विनयकुमार कसजु, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, गजेन्द्र बुढाथोकी र काशीराज दाहाललाई प्रदान गरिएको थियो । यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी नेउपाने, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस