काठमाडौँ। सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ ।