काठमाडौँ । रेडक्रस दाङका पूर्वअध्यक्ष नारायण प्रसाद आचार्यले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर ७ मोतिपुरस्थित अन्दाजी ८० वर्षीय आचार्यले आज दिउँसो आफ्नै घरमा रहेको १२ बोर बन्दुकले छातीमा गोली हानेर आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।
आचार्य लामो समय रेडक्रस दाङको अध्यक्ष भएका थिए ।
घटना बारे थप अनुसन्धान भइरहेको ईप्रका तुलसीपुरले जनाएको छ ।