१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौँ’ : मुख्यमन्त्री आचार्य

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।  

बुटवलस्थित जितगढी उत्सव २०८२ को आज उद्घाटन गर्दै उनले संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लाको राष्ट्रिय गौरवको विषयलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रयास गरिने बताएका हुन् । 

कर्णेल उजिरसिंहलाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गरिने भन्दै मुख्यमन्त्री आचार्यले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताए । “नयाँ पुस्तालाई वीरताको गाथा सुनाउन र इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ”, उनले भने, “राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।”

मुख्यमन्त्री आचार्यले अङ्ग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताए । आत्मविश्वासकै कारण नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उनले उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ पुगेको उल्लेख गरे । 

बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउँदै मुख्यमन्त्री आचार्यले स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पारे । 

नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको स्मरणमा जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अङ्ग्रेज युद्धका बेला जितगढीमा नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।

यस किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले विसं १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको इतिहास छ । तत्कालीन पाल्पाका सेन राजाले अङ्ग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेको बताइन्छ । त्यही फौजले विसं १८७१ देखि पटक पटकको आक्रमण सामना गर्दै अन्ततः विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ । 

अङ्ग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढीलगायत नेपालका सात स्थानमा अङ्ग्रेजविरुद्ध युद्ध भएका थिए ।

यहाँ सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस