१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामतीमा अतिरिक्त सचिव नब्युँताउन एकमत भए एमाले-माओवादी

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारीमा अतिरिक्त सचिव नब्युँताउन नेकपा एमाले र नेकपा माओवादी एकमत भएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले राखेको प्रस्तावमा एमाले सांसद रघुजी पन्तले सहमति जनाएका हुन् ।

‘झिकौं यो अतिरिक्त सचिवको प्रस्ताव । म हितराजजीको कुरामा सहमत जनाउँछु । यो हटाऔं, एमाले सांसद रघुजी पन्तले भने ।

रामेश्वर खनाल नेतृत्वको समितिले कर्मचारीको संख्या घटाउन भनिरहेको सन्दर्भमा थप आर्थिक भार पर्ने गरी अतिरिक्त सचिव ब्युँताउनु उपयुक्त नरहेको बताए ।

पन्त अगाडि बोलेका माओवादी प्रमुख सचेतक पाण्डेले पञ्चायतकालीन अभ्यासको अतिरिक्त सचिव ब्युँताउन आवश्यक नरहेको बताएका थिए ।

सेवाग्राहीको काम ढिलो भयो भयो भनेर गुनासो आइरहेको उल्लेख गर्दै उनले अतिरिक्त सचिव थपे एक लिएर थपिने बताए ।

एकातिर सरकारले नल्याएको प्रस्ताव र अर्कोतिर खर्च बढाउने भएकोले पनि अतिरिक्त सचिव आवश्यक नरहेको बताए । ‘फेरि विगतमा पनि अभ्यास भएर अनावश्यक भनेर हटाइएको हो । अनावश्यक भनेर हटाइएको विषय फेरि किन ब्युँताउने ? यसको जवाफ छैन’, उनले भने ।

२०४६ साल अगाडि छोटो अवधि र २०४९ सालदेखि २०५९ सालसम्म दश वर्ष निजामती सेवामा अतिरिक्त सचिवको व्यवस्था थियो । त्यसयता, अभ्यासमा नरहेको यो व्यवस्था पुनः ब्युँताउन लागिएको हो ।

पञ्चायतका छोटो अवधिमा अभ्यासमा रहेको यो व्यवस्थालाई २०४९ सालदेखि दश वर्षसम्मको संवैधानिक तथा सक्रिय राजतन्त्रकालमा अंगिकार गरिएको थियो । त्यसयता अभ्यासमा नरहेको यो व्यवस्था २२ वर्षपछि पुनः ब्युँताउन लागिएपछि माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अनावश्यक भनेका हुन् ।

निजामतीमा अतिरिक्त सचिव नब्युउँताउन एमाले र माओवादी एकमत देखिंदा अर्को दल नेपाली काँग्रेसका सांसदहरु अतिरिक्त सचिव आवश्यक रहेको मतमा छन् ।

प्रतिक्रिया दिनुहोस