१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरेर अमेरिका पुर्‍याइएका २१ वटा मूर्ति फर्काइयो

अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताएका छन् ।

आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्त्विक महत्वका मूर्तिहरू नेपाल फर्काएर पाटन संग्रहालय र राष्ट्रिय संग्रहालयलाई हस्तान्तर गर्दै मन्त्री पाण्डेले नेपालका संसारको कुनै पनि स्थानमा पुराइए पनि फर्काइने बताएका हुन् । 

उनले विगतमा नेपालका महत्त्वपूर्ण पुरातात्त्विक मूर्तिहरू कसरी विदेश पुगे भन्ने मुख्य प्रश्न भएको जिकिर गरे ।

मन्त्री पाण्डेले नेपालका मूर्तिहरू चोरी गरेर जहाज मार्फत ठूलो सेटिङमा विदेशमा पुगाउने काम भएको बताए । उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मूर्तिहरू प्रतिस्थापन गरिने विश्वास व्यक्त गरे ।

पुरातत्त्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्त्विक महत्वका मूर्तिहरू नयाँ कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेको जनाएको छ ।

अमेरिका फान्स बेलायत, चीन, अष्ट्रिया, अष्ट्रिलियाजस्ता देशहरूबाट थप अरु मूर्तिहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको बताएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस