२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय किसान आयोगप्रति किसानको गुनासो

अ+ अ-

चितवन । किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने किसानले माग गरेका छन् । किसान सूचीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले बुधबार आयोजना गरेको छलफलका सहभागी किसानले आयोगलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

सहभागीले किसानको हकहितका विषयमा आवाज उठाउन आयोगलाई आग्रह गरेका छन् । नेपाल किसान महासंघ बागमती प्रदेश उपाध्याक्ष प्रतिभा पाण्डेले किसानका उत्पादनको उचित मूल्यका निम्ति आयोगले सक्रिय हुनुपर्नेमा जोड दिइन् ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सिनाले किसानका समस्या समाधानमा आयोगले ध्यान दिन नसकेको गुनासो गरे ।

केरा उत्पादक किसान जनकराज पन्तले किसानको सूचीकरणका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन माग गरे ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव चेतबहादुर रोकाले अहिले नेपालमा २० लाख ७१ हजार १०६ कृषकले सूचीकरणका लागि आवेदन दिएका जानकारी दिए । बागमती प्रदेशमा तीन लाख २९ हजार ८७६ जना किसान छन् ।

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद पोखरेलले किसानका समस्याप्रति संवेदनशील हुन आयोगलाई आग्रह गरे ।

मकवानपुरका जिल्ला समन्वय समिति प्रमुख ललित घलानले किसानका समस्या समाधानका लागि आयोगको भूमिका महत्वपूर्ण हुने बताए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेमप्रसाद दंगालले किसानका समस्या समाधानका लागि आयोगले सरकारलाई सुझाव दिएको बताए ।

प्रतिक्रिया दिनुहोस