काठमाडौँ । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सांसदहरुले माग गरेका छन्।
सोमबार सिंहदरवारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले हवाई भाडा महँगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिकहरूसमेत विदेशी एयरलाइन्सको प्रयोग गर्न बाध्य भएको बताए।
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद उदय शमशेर जबराले भाडा महँगो हुँदा पर्यटक आगमनमा समेत असर गरेको बताए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विमानस्थल भन्सार कार्यालयहरू ८र१० जना भन्सार एजेन्टको कब्जामा रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुँजीगत खर्च बढाउनुपर्ने बताए। उनले आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदासमेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु चिन्ताजनक विषय रहेको बताए।
नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले जनकपुर विमानस्थललाई स्तरोन्नति गर्न माग गरे। उनले मूलक संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशमा क्षेत्रीय विमानस्थलहरू घोषणा गरिए पनि मधेस प्रदेशको जनकपुर विमानस्थलको काम हुन नसकेको बताए।







