काठमाडौँ । आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिकाका हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्ता रहेका छन् ।
उनलाई आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले धाक धम्की दिई अपहरणसमेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ कोटेश्वर महादेवस्थानबाट बिहीबार पक्राउ गरेको हो ।
उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।