२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने

अ+ अ-

काठमाडौँ । नेपालमा पर्यटन प्रवर्द्धन र नवप्रवर्तन प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने भएको छ ।

एलिसन हस्पिटालिटीको आयोजना र काफल्सको व्यवस्थापनमा सञ्चालन हुने यो प्रदर्शनी आगामी १५, १६ र १७ वैशाखमा काठमाडौँमा हुनेछ ।

‘नेक्स्ट-जेन टुरिज्म: फिल्ड टु फ्युचर’ नारासाथ आयोजना गरिने तीन दिने कार्यक्रममा ५ विद्यार्थीको समूहमा १० समूहले प्रतिस्पर्धा गर्दै पर्यटन क्षेत्रका नवीन परियोजना प्रस्तुत गर्नेछन् ।

सहभागी टोलीलाई उद्योग विशेषज्ञ तथा मार्गदर्शकले प्रशिक्षित गर्नेछन्, जसले उनीहरूलाई पर्यटनको दिगोपन, नवप्रवर्तन र आर्थिक सम्भाव्यता जस्ता पक्षमा केन्द्रित गराउन मद्दत गर्ने छ ।

कुनै पनि विश्वविद्यालयबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले यस कार्यक्रममा भाग लिन पाउने छन् । प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीले अवधारणा पत्र पेस गर्नुपर्ने छ । उत्कृष्ट १० अवधारणा पत्र छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइने छ । सहभागीले नि:शुल्क प्रवेश गरी प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

विजेता समूहलाई क्रमशः १ लाख, ५० हजार, २५ हजार र सहभागी समूहलाई १० हजारका दरले नगद पुरस्कार, प्रमाणपत्र तथा अन्य आकर्षक उपहार प्रदान गरिने छ ।

‘नेक्स्ट-जेन टुरिज्म: फिल्ड टु फ्युचरले पर्यटनका नयाँ अवधारणा र समाधान प्रस्तुत गर्ने छ, जसले पर्यावरण, साहसिक र खेलकुद, सांस्कृतिक तथा सम्पदा, स्मार्ट सिटी तथा ग्रामीण, ग्यास्ट्रोनोमी तथा पाककला र स्वास्थ्य तथा ध्यान पर्यटन क्षेत्र समेट्ने छ ।

प्रतिक्रिया दिनुहोस