२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा लामखुट्टेको आतंक बढ्यो

अ+ अ-

पर्सा । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतंकले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरुआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् ।

होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहर मैला उठ्न सकेको थिएन । त्यही कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो ।

वीरगञ्ज महानगर वडा नं ६ मिनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली पनि अत्यधिक मात्रामा वीरगञ्जमा लामखुट्टे देखिए पनि वीरगञ्ज महानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता गरेको बताए । “साँझ र बिहानको समयमा बाहिर बसिसक्नु छैन”, उनले भने, “यतिविघ्न लामखुट्टे आउँदा पनि महानगर के हेरेर बसेको छ ।” तेली मात्रै होइन, वीरगञ्ज महानगर वडा नं ४ बिर्ताका राकेश झा पनि लामखुट्टेको आतंकबाट आजित भएको गुनासो गर्छन् ।

“एक त वीरगञ्जको नाला खुल्लै छ । जसको कारणले लामखुट्टेको आतंक बढेको बढ्यै छ” उनले भने, “मेयरसाबले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउँछु भन्नुहुन्छ । यहाँ त मच्छडगञ्ज भइसक्यो ।” डेंगी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । 

डेंगीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको छ । वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले आइतबारदेखि वीरगञ्जका वडामा लामखुट्टे मार्नका लागि ३२ वटै वडामा कार्यतालिका बनाएर लामखुट्टे मार्ने अभियान सुरु गर्न लागेको जानकारी दिए ।

‘‘गर्मीको सुरुवातसँगै बढ्दो लामखुट्टेको प्रकोप र त्यसबाट फैलन सक्ने डेंगी, मलेरिया र इन्सेफलाईटिस जस्ता प्राणघातक रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न वडा नं १ देखि ३२ वटै वडामा कार्यतालिका बनाएका छौँ,” उनले भने, “महानगरले लामखुट्टेको लार्भा मार्नका लागि बिहानदेखि साँझमा नालामा पम्प स्प्रेबाट लार्भा साईटिङ स्प्रे तीन पटक तथा वयस्क लामखुट्टे मार्न बेलुकीदेखि रातिसम्म ऐयर स्प्रे दुई पटक कार्यक्रम राखिएको छ ।”

यद्यपि वीरगञ्ज महानगरले गत फागुन २५ गते लामखुट्टे नियन्त्रणको लागि चैत ३ गतेदेखि पम्प तथा ऐयर स्पे कार्यक्रमको कार्य तालिकासमेत सार्वजनिक गरेको थियो । यो अभियान आइतबारदेखि चैत २४ गतेसम्म जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस