२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमवतखण्ड कला-साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला-साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने ‘हिमवतखण्ड कला-साहित्य-संस्कृति सम्मिलन-२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई आज स्वागत गरेका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भू-भाग भएकाले यस भूखण्डको कला-साहित्य-संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा  खुसी प्रकट गरे ।

प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादुर्भाव भएको बताए । यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवं अनुभव आदानप्रदान गर्न सहभागीलाई आग्रह गरे ।

आजदेखि चैत ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यानमार, भुटान, चीन, थाइल्यान्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरूको सहभागिता रहेको छ । नेपाल बाहिरबाट ५८ जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रा. डा. चुडामणि बन्धु, प्रा डा माधवप्रसाद पोखरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, भारतको काशी हिन्दु विश्वविद्यालयका भारतीय भाषा विभागका अध्यक्ष प्रा. डा. दिवाकर प्रधान, साहित्यकार कविता लामालगायत सहभागी थिए ।

सम्मिलनको आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ । सम्मिलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखण्ड बृहत् सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवतखण्डका क्षेत्रका कविहरूको काव्य उत्सवको कार्यक्रम रहेको छ ।

सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरूले गोष्ठी पत्र प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।

यसअघि भानु जयन्तीका अवसरमा २०७५ असार २९ देखि ३१ गतेसम्म काठमाडौँमा यस प्रकारको पहिलो सम्मिलन आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस