काठमाडौँ । सरकारले अनुचित लेनदेनसम्बन्धी छानबिन गर्न विशेष जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
प्रशासन स्रोतका अनुसार आयोगलाई अनुचित वित्तीय कारोबार, भ्रष्टाचारजन्य क्रियाकलाप तथा अन्य अनियमितता छानबिन गर्ने अधिकार दिइने बताइएको छ । आयोगको संरचना, कार्यक्षेत्र र जिम्मेवारीबारे थप विवरण सरकारले छिट्टै सार्वजनिक गर्ने तयारी रहेको समेत जनाइएको छ ।