२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगहरूको पाँचौँ राष्ट्रिय सम्मेलन: योग्यता, निष्पक्षता र स्वच्छता कायम राख्ने प्रतिबद्धता

अ+ अ-

विराटनगर । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरूबिच पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। फागुन २३ र २४ गते कोशी प्रदेशको विराटनगरमा सम्पन्न सम्मेलनले चार बुँदे प्रतिबद्धतासहित सार्वजनिक प्रशासनलाई सक्षम, पारदर्शी, र निष्पक्ष बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय सुधारमा ध्यान केन्द्रित गरेको छ।

सम्मेलनमा आयोगका पदाधिकारीहरूले योग्यता प्रणालीलाई प्रवर्द्धन गर्ने तथा संरक्षकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। विज्ञप्ति अनुसार, जनशक्ति छनोटमा योग्यता प्रणालीको सिद्धान्तलाई पूर्ण रूपमा पालन गर्ने निर्णय गरिएको छ।

संघीयता अनुरूप सार्वजनिक प्रशासनलाई सक्षम जनशक्ति उपलब्ध गराउने लक्ष्यसहित आयोगलाई उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने पहल गरिने सम्मेलनले स्पष्ट गरेको छ। प्रविधिको उच्चतम प्रयोगमार्फत आयोगको कार्यसम्पादनलाई निष्पक्ष, पारदर्शी, र विश्वसनीय बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबिच समन्वय र सहकार्यलाई अझ सुदृढ गर्दै योग्यता, निष्पक्षता, र स्वच्छतालाई समयानुकूल सुधार गर्दै लैजाने सहमति भएको छ।

सम्मेलनमा लोक सेवा आयोगका पदाधिकारीहरूसहित प्रदेश लोक सेवा आयोगका अध्यक्ष तथा कार्यवाहक अध्यक्षहरूले हस्ताक्षर गरेका छन्। अध्यक्ष यज्ञराज बोहोरा (सुदूरपश्चिम), कार्यवाहक अध्यक्ष बसन्ती कुमारी सिंह शाही (कर्णाली), प्रा. डिलाराम भट्टराई (लुम्बिनी), विष्णुप्रसाद नेपाल (गण्डकी), महेश्वर श्रेष्ठ (बागमती), शिवराम यादव (मधेस), महेन्द्रप्रसाद गुरागाईँ (कोशी) तथा माधवप्रसाद रेग्मी (लोक सेवा आयोग) सम्मेलनमा सहभागी भएका थिए।

सम्मेलनको अन्त्यमा जारी घोषणापत्रमा सार्वजनिक प्रशासनमा योग्यता प्रणालीको मजबूतीका लागि आयोगहरू निरन्तर प्रतिबद्ध रहने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस