२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचधारेमा स्तूपा निर्माण

अ+ अ-

भोजपुर । भोजपुरको टेम्केमैयुङ-९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने लक्ष्यले यहाँ स्तूपा निर्माण गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाखमा बौद्धस्तूपा निर्माण भइरहेको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए। काठमाडौँमा रहेको बौद्धस्तूपाको जस्तै आकारमा निर्माण हुने यो स्तूपा खोलुखुम्बुबाट दक्ष कालीगड ल्याएर निर्माणको काम भइरहेको उनको भनाइ छ ।

पर्यटकीय क्षेत्रको विकाससँगै धार्मिक सहिष्णुता कायम गर्न बौद्ध धर्म मान्ने समुदायलाई लक्षित गरेर स्तूपा निर्माण भइरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताए ।

“धार्मिकसँगै पर्यटकीय क्षेत्रको विकासका लागि स्तूपा निर्माण गरिरहेका छौँ”, उनले भने, “पाँचधारे पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थान हो । यसले यहाँको पर्यटनको विकासमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।” यहाँ स्तूपा निर्माणपश्चात् पदमार्ग निर्माण, घेरबारासँगै वृक्षारोपण गरिने उनले जानकारी दिए।

पाँचधारेमा ‘पाँच धाम’ निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताए । सबै समुदायको अपनत्व हुने गरी यहाँका संरचना निर्माण भइरहेका छन् । किरात समुदायलाई लक्षित गरेर पाँचधारेमा नै करिब रु ८० लाख लागतमा किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ । 

अब हिन्दू समुदायलाई लक्षित गरेर पशुपति मन्दिर निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए । “यहाँ बसोबास गर्ने सबै समुदायलाई समेटेर संरचना निर्माण गरिरहेका छौँ”, उनले भने, “किरात, बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर संरचना निर्माण भइरहेका छन् । धार्मिक पर्यटनको विकासको लागि पाँचधारेमा पाँच धाम निर्माण गर्ने योजना छ ।”

स्थानीय सौगात राईले पाँचधारे पोखरी तथा किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षणसँगै पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकको आवागमन बढेको बताए ।

 टेम्केमैयुङ गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताए । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कृषि र पर्यटनलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ ।