काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखराको गणेशटोलदेखि विन्ध्यवासिनी मन्दिरसम्म उनको नागरिक अभिनन्दन गरिएको हो।
नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल पोखराले पूर्वराजा शाहको अभिनन्दनको चाँजोपाँजो मिलाएको हो।
नागरिक स्वागत मूल समारोह मूल समितिका अनुसार पूर्वराजाले गणेशटोलदेखि विन्ध्यवासिनी मन्दिरसम्म पैदल यात्रा गरेका थिए। त्यो बीचमा पर्ने गणेश मन्दिर, भीमसेन थान, भैरव मन्दिर, विन्ध्यवासिनी मन्दिरको बौद्ध विहार र परिसरमा रहेका सबै मन्दिरमा पूजाअर्चना गरेको बताइएको छ।
झण्डै दुई घण्टा लामो अभिनन्दन र पूजाअर्चना भएको छ।नागरिक अभिनन्दनमा बाजागाजाले पूर्वराजाको स्वागत गरिएको थियो।







