२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको अधिकार कटौती गरेर संघीयता बलियो हुँदैन-राष्ट्रिय सभा सदस्य खालिद

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मोहम्मद खालिद राष्ट्रिय सभाको सदस्य छन् । नेपाली काँग्रेसबाट राजनीति सुरु गरेको खालिदले काँग्रेस गाउँ, नगर, जिल्ला हुँदै केन्द्रीय सदस्यसम्म काम गर्दै आएका छन् ।

पछिल्लो समय उनी जनता समाजवादी पार्टीमा आबद्ध छन् । राष्ट्रिय सभा सदस्य खालिदसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय सभा ओझेलमा परिरहेको भान हुन्छ
राष्ट्रिय सभाको सांसद भएको तीन वर्ष भयो । राष्ट्रिय सभा निकै महत्त्वपूर्ण संस्था भए पनि यसको भूमिका साँघुरो बनाइएको छ । प्रतिनिधि सभाको तुलनामा राष्ट्रिय सभाको भूमिका अलिक कम देखिन्छ । जसरी सरकार निर्माणमा प्रतिनिधि सभाको भूमिका हुन्छ, त्यसरी राष्ट्रिय सभाको भूमिका हुँदैन । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा पनि प्रतिनिधि सभा नै हाबी हुने गरेको छ । राष्ट्रिय सभाबाट बजेट पारित गर्नु भनेको एउटा प्रक्रिया मात्रै पूरा गरेको हो जस्तो लाग्छ । यी विभिन्न कारणले गर्दा राष्ट्रिय सभा ओझेलमा परिरहेको भान हुन्छ । तथापि, राष्ट्रियसभामा तीन वर्षसम्म रहँदा मुख्य गरी संविधानको मर्मअनुसार कानुन निर्माणमा सक्दो पहल गरेको छु । जनताका जल्दा बल्दा समस्यालाई संसद्मार्फत सरकारसम्म पुर्‍याउने काम गरेको छु । राष्ट्रियसभाले धेरै ऐनहरू विस्तृत रूपमा छलफल गरेर, आफ्ना अनुभव आदानप्रदान गर्दै पारित गरेको छ ।

कानुन निर्माणमा ढिलाइ
संविधानको धारा, ३०४ मा ‘संविधान निर्माणपछिको एक वर्षभित्र सबै पुराना कानुनको सट्टा नयाँ कानुन बनाइने छ,’ भनिएको छ । तर त्यसको कार्यान्वयन हुन सकेको छैन । संविधान जारी भएको यो १० वर्षको अवधिलाई हेर्दा जति कानुन बन्नुपर्ने हो त्यति बन्न सकेका छैनन् । अझै पनि मौलिक हकअन्तर्गतका धेरै कानुन बनेका छैनन् । राजनीतिक अस्थिरताका कारण पनि संविधानअनुसार ठिक समयमा कानुन निर्माण हुन सकेको छैन । सरकार परिवर्तन भइरहने कारणले पनि कानुन निर्माणमा प्रभाव परेको छ । संघीय निजामती सेवा ऐन र प्रहरी ऐन अहिलेसम्म ल्याउन सकिएको छैन । प्रमुख दलहरू नै ऐन बनाउने र ल्याउनेभन्दा पनि आ–आफ्नो राजनीतिक स्वार्थमा केन्द्रित भएको देखिन्छ ।

संविधान संशोधन हुनुपर्छ
पछिल्लो समयमा संविधान संशोधनको विषय उठेको छ । ठिकै हो, संशोधन हुनुपर्छ । तर संविधान संशोधन कुन विषयमा केका लागि गर्ने हो त्यसबारे प्रस्ट हुनुपर्छ । हचुवाको भरमा संशोधन गर्नु हुँदैन । कुनै राजनीतिक दलको लहडका भरमा संशोधन हुनुहुँदैन । कुन विषयमा संशोधन गर्ने हो त्यो विषयलाई लिएर जनतासम्म पुग्नुपर्ने हो । जनताको राय सुझाव लिनुपर्ने हो । तर त्यसो गरेको पाइँदैन । सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गर्न जरुरी छ । सबै दलको सहमति हुन जरुरी छ । सत्तापक्ष र प्रतिपक्षबीच संशोधनको विषयमा पर्याप्त छलफल हुनुपर्छ । निर्वाचन प्रणाली, शासकीय स्वरूप फेर्ने वा के विषयमा संशोधन गर्ने हो त्यो बारे सरकार नै स्पष्ट हुनुपर्छ । संशोधन नै गर्ने हो भने सुशासनको पक्षमा संशोधन हुनुपर्छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था अहिलेको आवश्यकता हो । जनतालाई प्रत्यक्ष रूपमा नेतृत्व चुन्ने अवसर हुन्छ । अहिलेको चुनाव प्रणाली अत्यन्त खर्चिलो पनि छ । त्यसले गर्दा भ्रष्टाचार पनि बढिरहेको छ । यो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ ।

संघीयतालाई सुदृढ गर्नका लागि प्रदेशलाई अधिकार दिइनुपर्छ
सुशासनका निम्ति सबैभन्दा पहिला सरकारले भ्रष्टाचारीलाई कानुनी कारवाही गर्नुपर्छ । भ्रष्टाचारमा संलग्न जो कोही भए पनि तेरोमेरो नभनी कारवाही गर्नुपर्छ । कानुनको नजरमा सबै एउटै हो । संघीयताको विषय कतिपय दललाई घाँडोजस्तै भएको छ, तर बोल्न मात्रै सकेका छैनन् । संघीयतालाई सुदृढ गर्नका लागि प्रदेशलाई अधिकार दिइनुपर्छ । अधिकार जति सबै संघीय सरकारले राख्ने तर प्रदेशलाई खुम्चाएर संंघीयता बलियो हुँदैन । राज्य स्रोतको बाँडफाँटका लागि संघीयता उच्चतम व्यवस्था हो । तर यहाँ कार्यान्वयन राम्रोसँग हुन सकेको छैन । संघीयताका राम्रा उदाहरण पनि छन् संसारमा । हामीले संघीयता ल्याए पनि त्यसलाई बलियो बनाउनेतर्फ ध्यान दिएनौँ । प्रदेश सरकारले आसन पाएको छ तर शासन पाएको छैन । आर्थिक बाँडफाँटको सवालमा पनि संघीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने काम भएको छ । २०७४ सालपछि विनियोजन गरिएको बजेटहरू हेर्दा प्रदेशलाई दिने बजेट कम हुँदै गएको छ । देशको आर्थिक बजेट बढिरहेको छ, तर प्रदेशको बजेट घटिरहेको छ ।

सुशासनका लागि राजनीतिक दलमा बलियो इच्छाशक्ति हुनुपर्छ
देश बनाउने हो भने नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलहरू एउटै थलोमा आउनुपर्छ । सुशासनका लागि राजनीतिक दलमा बलियो इच्छाशक्ति हुनुपर्छ । दलहरूले हाम्रो होइन, राम्रोलाई प्राथमिकता दिनुपर्छ । हामी कहाँ उर्वर जमिन छ । त्यसको उपभोग गर्न सकिरहेका छैनौँ । सरकारले कृषिमा लगानी बढाउनुपर्छ । देशभित्र रहेका स्रोतसाधनको उचित प्रयोग गर्दै उत्पादनमा ध्यान दिन सकेको खण्डमा विदेश पलायन हुने युवा शक्ति रोक्न सकिन्छ । अर्को कुरा देशको शिक्षा प्रणालीलाई सुधार गरेको खण्डमा पनि युवा पलायन रोक्न सकिन्छ । दिन प्रतिदिन धेरै युवा पलायन हुने क्रम बढ्दै गएको छ । त्यसका बारेमा राजनीतिक दल, नेताहरू र नीति निर्माताहरुले ध्यान दिनुपर्छ । दलका नेताले आफ्नो गल्ती स्वीकार गर्दै देश निर्माणमा जुट्नुपर्छ । समृद्धिका निम्ति दलहरूले साझा विन्दु खोज्नुपर्छ । युवा पलायन रोक्नका लागि नयाँ कलकारखाना खोल्नुपर्छ सरकारले । बजार विस्तार गर्नुपर्छ । आयातलाई निरुत्साहित र निर्यातलाई प्रोत्साहन गर्नुपर्छ । सबैभन्दा मुख्य कुरा कृषि र उद्यममा सरकारले ध्यान दिनुपर्छ ।