२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक, अध्यादेशबारे छलफल हुने

अ+ अ-

काठमाडौँ । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले बोलायो केन्द्रीय समिति बैठक बोलाएको छ ।

जसपा नेपालका नेता प्रकाश अधिकारीका अनुसार केन्द्रीय समिति बैठक यही फागुन फागुन १८, १९ र २० गते बस्ने तय भएको छ ।

उनका अनुसार केन्द्रीय समितिको बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्नेछ ।

सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशमा रहेका विषयवस्तुबारे जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो । अध्ययनको आधारमा जसपा नेपालको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने निर्णय गरेको छ ।

भूमि सम्बन्धी अध्यादेश फिर्ता लिए बाँकी पाँच वटा अध्यादेश अगाडि बढाउने सम्बन्धमा सकारात्मक हुने जसपा नेपालका नेताहरू बताउँछन् । जसपा नेपालको यो सर्तले सरकारले कुनै पनि अध्यादेश संसदीय प्रक्रियामा अगाडि बढाउन सकिरहेको छैन ।

यही बेला जसपा नेपालले केन्द्रीय समितिको बैठक नै राखेर अध्यादेशबारे थप छलफल गर्न लागेको हो ।

केन्द्रीय समितिको बैठकमा अध्यादेशका अलावा समसामयिक राजनीतिबारे समेत छलफल हुनेछ । यसअघि जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ चलाएको थियो । उक्त अभियानको समीक्षा हुनेछ ।