२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइनबोर्ड कर नउठाउन उद्योगी व्यवसायीको माग

अ+ अ-

काठमाडौँ । उद्योग-व्यवसाय चिनारीका लागि घर र पसलमा राखिएका साइन बोर्डको कर अव्यवहारिक भएको भन्दै कर नउठाउन बुटवलका चार व्यावसायिक संस्थाले माग गरेका छन् ।

रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बुटवल र रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिकासँग यस्तो माग गरेका हुन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरूले कर उठाउने नाममा निजी कम्पनीको ज्यादती तत्काल रोक्न माग गरेका हुन् ।

बुटवल उपमहानगरले गणेश एन्ड सन्स कन्स्ट्रक्सन (बुटवल-१३) लाई ठेक्का दिएर साइनबोर्ड कर उठाइरहेको छ ।

कोभिड महामारीको असर र आर्थिक मन्दीको मारमा मुलुक गुज्रिरहेको विषम परिस्थितिमा व्यवसायीमाथि दोहोरो, तेहोरो कर, चर्को घर भाडा र बहाल करले व्यवसायी पलायन हुने अवस्थामा साइनबोर्ड राखेको समेत कर असुल्नु गलत भएको व्यावसायिक संस्थाहरूको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत खनालले उपमहानगरले ऐन कानुन अनुसार नै कर उठाइएको भन्दै ठेकेदार कम्पनीबाट भएको व्यवहारबारे व्यवसायीसँग छलफल गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस