२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति रघुजी पन्तले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै पन्तले संविधानले दुई सदनको संसदीय प्रणाली अवलम्बन गरेको स्मरण गरेका छन् । यी दुई सदनका बीचमा द्वन्द्व बढाउने काम कसैबाट हुन नहुने उनको आग्रह छ ।

‘यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ,’ पन्तले भने, ‘हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद हो ।’

राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर सोमबार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।

यसप्रति एमाले सांसद पन्तले आपत्ति जनाएका हुन् । यस्तो द्वन्द्व बढ्दै गए दुइटा सदनको बीचमै द्वन्द्व उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उनले दोहोर्‍याएका छन् ।
तथापि, शाहीको अभिव्यक्ति पनि उचित नरहेको पन्तले बताए ।

‘राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन । राष्ट्रिय सभा भनेको पाकाहरूको सभा हो । त्यो सदनलाई हामीले वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्ने काम गर्न हुँदैन,’ पन्तले भने ।

लोकतन्त्र सुसंस्कृत प्रणाली भएको बताउँदै उनले एकले अर्कोलाई सम्मान गर्न सक्नुपर्ने बताए । आफ्नो असहमतिलाई संसदीय भाषा र मर्यादामा रहेर राख्नुपर्ने उनले बताए ।

तथापि, प्रतिनिधि सभा सदस्यले प्रतिनिधि सभामा बोलेको विषयलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव नै पारित गर्ने विषय उचित नरहेको उनले बताए ।

‘जसरी प्रतिनिधि सभाका एक जना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ त्यो आफैँमा दुःखद हो,’ उनले भने । यो घटनाबाट पाठ सिकेर कसैलाई दोष नदिएर आगामी दिनमा दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने गरी सबैले भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस