काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको प्रशिक्षक र कप्तानले बताएका छन् ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताए। ‘लगभग सबै तयारी सकिएको छ। बाहिरबाट आउने एन्जिला र रेखा आइसकेकी छन् । साम्बा (सावित्रा भण्डारी) भोलि बिहानसम्म आई पुग्छ। अब भोलिको लागि तयारी हुँदैछ।’ आइतबार भएको प्रि-म्याच कन्फ्रेरेन्समा प्रशिक्षक तामाङले भने ।
यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले यो प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएको बताए । ‘एन्फालाई धन्यवाद यो प्रतियोगिता आयोजनाका लागि । हाम्रो लागि यो ठूलो अवसर हो। उनले भनिन्, ‘साफ लगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौँ। हाम्रो लागि र समर्थकको लागि राम्रो हो ।’
कप्तान एन्जिलाले टिमवर्क राम्रो रहेकोले बोलेर भन्दा पनि राम्रो खेल्नुपर्ने बताइन् । ‘हाम्रो तयारी राम्रो छ । विपक्षी टिमहरू पनि बलियो छ । जित्छौँ भनेर भन्ने भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ ।’
नेपालले सोमबार आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुनेछ ।
प्रशिक्षक तामाङले नेपालले यसअघि किर्गिस्तानसँग ६ वर्ष अघि खेलेको खेल जिते पनि अहिले टिम परिवर्तन भएको बताए। ‘किर्गिस्तानसँग ६ वर्षअघि खेलमा नेपाल ८-२ ले विजयी भएको थियो । त्यसपछि खेलेको छैन । किर्गिस्तानले अहिले खेल्ने फुटबल फरक छ । उनीहरूले सुधार गरेका छन् । हामीले राम्रो योजना बनाएर खेल्नुपर्छ । उनीहरू काउन्टर अट्याकमा खेल्छ त्यसमा हामीले ध्यान दिनुपर्छ ।’
प्रशिक्षक तामाङले म्यानमार र लेबनान पनि राम्रो टिम रहेको बताए । लेवनानिँग गत वर्ष वाफ च्याम्पियनसिपका नेपाल विजयी भएको थियो । तर, म्यानमारसँग भने नेपालले ३ खेल खेल्दा जित्न सकेको छैन । यस पटक घरेलु मैदानमा घरेलु दर्शक माझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल रहेको छ।
अहिले महिला लिग भएकोले खेलाडीहरू सबै फिट रहनु राम्रो भएको प्रशिक्षक तामाङको भनाइ छ । कप्तान एन्जिलाले यसअघि भएका गल्ती कमजोरीहरू सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताइन् ।
यसैगरी म्यानमार, लेबनान र किर्गिस्तानका प्रशिक्षक र कप्तानले यश प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको र राम्रो प्रदर्शन गर्ने बताए । यस्तै यश प्रतियोगितालाई आसन्न एसियन वुमन्स कप क्वालिफायरको तयारीको रूपमा लिएको बताए ।
फिफा अन्तर्राष्ट्रिय विन्डोको अवसर पारे पारेर एन्फाले म्यानमार, लेवनान र किर्गिस्तानलाई बोलाएर चार देशको प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा सहभागी टिममध्ये म्यानमार वरियतामा सबैभन्दा माथि छ ।
म्यानमार फिफा वरीयताको ५५ औँ स्थानमा छ । त्यसपछि नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४औँ स्थानमा छन् ।