काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त रहेका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि २५ कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ ।
