५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा तहगत प्रणाली : अतिरिक्त सचिवबारे छलफल पछि टुङ्ग्याउने, ९ दफामा सहमति

अ+ अ-

काठमाडौँ । निजामती सेवामा श्रेणीगत प्रणाली हटाएर तहगत प्रणाली राख्ने सहमति जुटेको छ। प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार संघीय निजामती सेवा विधेयकमाथि भएको दफाबार छलफलपछि उक्त सहमति जुटेको हो।

यसअघि ५ दफामा सहमति भइसकेकोमा बिहीबार थप ४ दफामा सहमति जुट्दै कुल ९ दफामा समझदारी कायम भएको छ। तर, अतिरिक्त सचिव पदबारे भने छलफल टुंगोमा पुग्न सकेको छैन। यसमा सांसदहरुले आ-आफ्नै  धारण व्यक्त गरेका थिए । कतिपय सांसदहरुले अतिरिक्त सचिव राख्नुपर्छ भनेका थिए भने कतिपयले अतिरिक्त सचिव राख्नुहुदैन् भनेर विमती जनाएका कारण छलफल टुंगोमा पुग्न नसकेको हो ।

सो विषय पछि टुङ्ग्याउने गरी अन्य बुँदामा सहमति जुटाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। सभापति खतिवडाका अनुसार तहगत संरचनामा जानेमा सहमति भएको र अतिरिक्त सचिव राख्ने कि नराख्नेबारे पुनः छलफल गरिने छ ।

तहगत प्रणालीमा एकरूपता
सरकारले विधेयकमा श्रेणीगत र तहगत दुवै संरचना समेट्ने प्रस्ताव गरेको थियो। तर, समितिमा दफाबार छलफलका क्रममा तहगत प्रणाली मात्रै राख्ने सहमति भएको छ। अब निजामती सेवामा चौधौँ तहसम्म मात्रै रहनेछ। यद्यपि, केही सांसदहरूले अतिरिक्त सचिव राखेर १५ औँ तहसम्म विस्तार गर्नुपर्ने माग राखेका थिए। सो विषयमा थप छलफल गरी पछि टुंगो लगाइने भएको छ।

कार्यसम्पादन मुल्यांकनमा विवाद
समितिमा दफा ७ अन्तर्गत कार्य विवरण र कार्य सम्झौताबारे पनि छलफल भएको थियो। सांसदहरूले सरुवा भएको बित्तिकै कार्यसम्पादन मुल्यांकन गर्न नहुने धारणा राखे। सांसद रघुजी पन्तले कर्मचारीले जिम्मेवारी सम्हालेपछि कामको प्रकृति बुझेर मात्र मुल्यांकन गर्नुपर्ने बताए। त्यस्तै, सांसद हितराज पाण्डेले मुल्यांकनका लागि कम्तीमा दुई वर्ष समय दिनुपर्ने पक्षमा जोड दिए।

छलफललाई तीव्रता
समितिले संघीय निजामती सेवा विधेयक छिटो निष्कर्षमा पुर्‍याउने लक्ष्य राखेको छ। सभापति खतिवडाका अनुसार समितिमा परेका उजुरीहरूको अध्ययन गर्न सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय भएको छ। यसअघि पुस २२ गते बसेको बैठकले उजुरी अध्ययन गरी टुंगोमा पुर्‍याउन उपसमिति गठन गर्ने निर्णय गरिसकेको थियो।

प्रतिक्रिया दिनुहोस