११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आइपुग्दै बाल क्यान्सरको निःशुल्क औषधि 

अ+ अ-

काठमाडौँ । नेपालले निः शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिन लागेको हो।

बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने सम्झौता अघिल्लो वर्ष २७, मार्चमा भएको थियो। सम्झौता अनुसार नेपालले ५ वर्षसम्मका लागि निःशुल्क औषधि प्राप्त गर्नेछ।

अहिले पहिलो लटमा एक वर्षलाई पुग्ने गरी औषधि आउन लागेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा. सुमन पन्थीले जानकारी दिएका छन्।

कुन दिन औषधि आइपुग्छ भन्ने निश्चित नभए पनि एकसाता भित्र आइपुग्ने उनले बताए।

यसरी निःशुल्क आउने औषधि तत्कालका लागि नेपालका ४ अस्पताललाई दिइने छ। भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्।

२०२५ देखि २०३० सम्म ५ वर्षका लागि नेपालले निःशुल्क औषधि पाउने सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस