२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ८ अर्ब नाघ्यो

अ+ अ-

काठमाडौँ । सेयर बजारको नेप्से परिसूचक बुधबार १.८६ अंकले बढ्दै २६८५ अंकमा कायम भएको छ। सामान्य वृद्धि भए पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ७ अर्ब २४ करोड रहेको कारोबार आज ८ अर्ब ७१ करोड पुगेको छ।

यस दिन १३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको घट्यो भने ११ कम्पनी स्थिर रहे। विकास बैंक, फाइनान्स, र लगानी क्षेत्रका सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। विकास बैंक १.३३%, फाइनान्स १.५६%, तथा लगानी समूह १.२२% ले उकालो लागेका छन्।

बीमा समूहको उचाइ, हाइड्रोपावर र बैंकिङ घट्नेतर्फ
जीवन बीमा समूह ०.४८% ले बढ्यो, तर बैंकिङ ०.०९%, होटल तथा पर्यटन ०.६३%, हाइड्रोपावर ०.०४%, उत्पादन ०.३१%, माइक्रोफाइनान्स ०.११%, निर्जीवन बीमा ०.०३%, अन्य ०.४७%, र व्यापार समूह ०.९१% ले ओरालो लागे।

सबैभन्दा धेरै वृद्धि र गिरावट
सबैभन्दा धेरै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर १०% ले उकालो लाग्यो। त्यसैगरी, रिभरफल्स पावर ८.०२%, न्यादी हाइड्रोपावर ७.५९%, ग्रीन डेभलपमेन्ट बैंक ७.४६%, सिन्धु विकास बैंक ७.०८%, र भूगोल इनर्जी ७.०७% ले बढे।

त्यस्तै, उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर १०% ले घट्यो। रसुवागढी हाइड्रोपावर ९.३%, बाराही हाइड्रो ४.८% ले कमजोर देखिए।

उच्च कारोबार गर्ने कम्पनीहरू
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, रिभरफल्स पावर, न्यादी हाइड्रोपावर, र सप्तकोशी विकास बैंक क्रमशः अग्रस्थानमा रहे।