११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्ली विधान सभा निर्वाचन-भाजपा प्रारम्भिक नतिजामा अग्रस्थानमा

अ+ अ-

नयाँ दिल्ली । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधान सभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उनको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।

निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधान सभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ ।

भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ । राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ । आप प्रमुख अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट २५४ मत अन्तरले अगाडि छन् ।

ग्रेटर कैलाश सिटमा आम आदमी पार्टीका उम्मेदवार तथा दिल्लीका मन्त्री सौरभ भारद्वाज भाजपाकी शिखा रोयभन्दा ४५९ मतले पछि छन् । दिल्लीका मुख्यमन्त्री आतिशी कालकाजी सिटमा भाजपाका रमेश बिधुरीलाई एक हजार १४९ मतले पछि पार्दै छन् ।

आम आदमी पार्टीका अमानतुल्लाह खानको गढ मानिने ओखला सिटमा पनि भाजपा दुई हजार २६० मतको अन्तरले अगाडि छ । दिल्लीका मन्त्री गोपाल राई बाबरपुर सिटबाट पाँच हजार ६०२ मतले अगाडि छन् भने बल्लीमारन सिटबाट इमरान हुसैन एक हजार ८२४ मतले अगाडि छन् ।

कुर बस्ती सिटबाट सत्येन्द्र जैन भाजपाका कर्नैल सिंहसँग दुई हजार ९५६ मतले पछि छन् । भर्खरै बीजेपीमा सामेल भएका पूर्व आप नेता कैलाश गहलोतले बिजवासन सीटमा दुई हजार २१७ को सहज अग्रता हासिल गरे ।

दिल्लीसँगै उत्तर प्रदेशको मिल्कीपुर र तमिलनाडुको इरोड सिटको उपचुनावको मतगणना पनि भइरहेको छ । सत्तरी सदस्यीय विधान सभाका लागि फेब्रुअरी ५ गते भएको निर्वाचनमा कुल ६० दशमलव ५४ प्रतिशत मतदान भएको थियो ।

आम आदमी पार्टीले लगातार तेस्रो कार्यकालको लागि जित्ने लक्ष्य राखेको छ, जबकि बीजेपीले राष्ट्रिय राजधानीमा दुई दशक भन्दा बढी पछि सत्तामा फर्कने प्रयास गरिरहेको छ ।

बुधवार सार्वजनिक भएका अधिकांश एक्जिट पोलमा भाजपालाई आपभन्दा अगाडि देखाएको थियो । यद्यपि, आप नेताहरूले एक्जिट पोलले ऐतिहासिक रूपमा पार्टीको प्रदर्शनलाई कम मूल्यांकन गरेको बताए । केजरीवालले यदि भाजपा सत्तामा आयो भने निःशुल्क शिक्षा बन्द गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस