११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुट्यो सुपर माछा खोला जलविद्युत् आयोजनालाई लगानी

अ+ अ-

काठमाडौँ । ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ ।

गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकमा निर्माण हुने यस आयोजनामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागेको हो ।

उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बूढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् ।

कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।

प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् ।  बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ ।

आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८।७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।

कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल र विनोद थापा सहितको समूहले आयोजना निर्माण गर्न लागे हो ।

यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४।५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

साथै कम्पनीको प्राथमिक सेयर निष्कासन तत्काल नै जारी हुने प्रक्रियामा समेत रहेको छ ।

हाइड्रोपावरमा अनुभव बटुलिसकेको यो समूहले बूढीगण्डकी हाइड्रोपावर आगामी १८ महिनाभित्र सञ्चालनमा ल्याउने जनाएको छ ।

आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २१ असार २०८० मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस