काठमाडौँ । न्यायाधीशलाई ‘झोले कार्यकर्ता’को आरोप लगाएका आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद प्रभु साहलाई रौतहट जिल्ला अदालतले अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।
आइतबार जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले साहविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो।
आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका साहले न्यायाधीशविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि प्रदीपकुमार यादवले साहविरुद्ध मुद्दा दर्ता गराएका थिए।
साहले फेसबुकमा न्यायाधीशलाई दलको झोले कार्यकर्ता भएको आरोप लगाएका थिए।







