२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा समितिमा ढिलो पुगेपछि सभापति थापाले मागे माफी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले बैठकमा ढिला आएपछि माफी मागेका छन् ।

आइतबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि दफावार छलफल थियो । साढे १२ बजेका लागि बैठक बोलाइएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, समिति सदस्य र मन्त्रालयका सचिव लगायतका कर्मचारी समयमै समिति बैठकमा पुगेका थिए ।

सभापति थापालाई कुर्न परेपछि केही सांसद निस्कन पनि लागेका थिए । सभापति थापा समिति बैठकमा १ः२० तिर मात्र आइपुगे ।

बैठकको सुरुमै एमाले सांसद छविलाल विश्वकर्माले ढिला आउनुको कारण र सभापतिको स्वास्थ्यस्थिबारे प्रश्न गरे ।

‘सभापतिको स्वास्थ्य स्थिति कस्तो छ रु त्यसपछि अगाडि बढौँला,’ समिति सदस्य विश्वकर्माले भने ।

सभापति थापाले बिहान कार्यक्रममा गएको र टेकुमा आफू सवार गाडीलाई बाइकले ठक्कर दिएपछि ढिलाइ भएको समितिलाई जानकारी गराए ।

‘दुई वटा कार्यक्रम थियो । बैठकमा समयमै आइपुग्ने भनेर पौने १२ बजे नै कीर्तिपुरबाट हिँडेको हो । टेकुमा आइपुगेपछि एउटा मोटरसाइकलले गाडीलाई हान्यो । १०–१५ मिनेट त्यहाँ लफडा भयो,’ सभापति थापाले ढिलाइ हुनुको कारण समितिलाई सुनाए ।

त्यसपछि सभापति थापाले अबदेखि आफूबाट कमजोरी नहुने समितिलाई आश्वासन दिए ।

‘सबैभन्दा अगाडि सभापति आउनुपर्छ । आगामी दिनमा म बाट त्यस्तो कमजोरी हुने छैन,’ सभापति थापाले भने ।

सभापति थापाले माफी मागेपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि दवाफर छलफल सुरु भएको छ ।

आइतबारको बैठकले परिच्छेद २ को दफा ३,४ र ५ पारित गरेको छ ।