२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री गुरुङद्वारा मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन

अ+ अ-

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । आज मर्स्याङ्दी-८ स्थित भुलभुलेमा एक कार्यक्रमकाबीच उनले नवनिर्मित गाउँपालिकाको भवन उद्घाटन गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने, “२८ वटा कोठाको तीनतले भवन सम्पन्न भएसँगै जनतालाई सेवा प्रवाह गर्न सहज हुने भएको छ ।” यसअघि साँघुरो ठाउँबाट सेवा दिनुपर्दा जनताले धेरै विविध दुःख समस्या भोगे पनि त्यो अब हट्ने उनको भनाइ छ । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिकाअन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहेको बताए । 

गाउँपालिकाका अनुसार ठेकेदारले निर्धारित समयभन्दा करिब पाँच महिनाअघि भवन सम्पन्न गरेको छ । विसं २०८२ जेठ २३ गतेसम्म समयसीमा तोकिएको थियो । कूल रु. आठ करोड ९७ लाख ९६ हजार चार सय ७१ लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएकामा विसं २०८० जेठ २३ गते रु. पाँच करोड ९७ लाख ६६ हजार सात सय चारमा भवन निर्माणको सम्झौता गर्दै काम अगाडि बढेको थियो । 

गाउँपालिकाका अनुसार संघिय सरकार र मर्स्याङ्दी गाउँपालिकाले ६०/४० लागत बेहोर्ने गरी भ्याटसहित रु पाँच करोड ९७ लाख ६६ हजार सात सय चारमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो । गाउँपालिकाको नयाँ भवन बनेसँगै स्थानीय खुसी भएका छन् ।