पर्वत । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्वतको १२औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत दिपक सुवेदीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ।
निर्वाचित कार्यसमितिमा खुला उपाध्यक्षमा सन्तोष बि.क. महिला उपाध्यक्षमा पुण्य कुमारी सुवेदी, सचिवमा सन्तोष थापा, सहसचिवमा दीपेन्द्र गौतम र कोषाध्यक्षमा गणेश आचार्य रहेका छन्। त्यस्तै, सदस्यहरूमा मुना आचार्य, दीपक बहादुर श्रीष, प्रकाश परियार, भरत सापकोटा, विवेक पौडेल, तोयानाथ शर्मा, रत्नमणि सुवेदी, नारायण प्रसाद लामिछाने, मदन कुमार श्रेष्ठ तथा राजेश पोख्रेल चयन भएका छन्।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूका रूपमा अम्बिका उपाध्याय, बालकृष्ण शर्मा, सुनिल थापा, पाराश्वर शर्मा, तथा राष्ट्रसेवक सहकारीबाट धनबहादुर कुँवरलाई चयन गरेको छ। यस्तै, गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिहरूमा पविता वली, दिनेश शर्मा, रमेश शर्मा पौडेल, सुदिप पुन, बालकृष्ण शर्मा, विनोद भुसाल तथा राष्ट्रसेवक सहकारीबाट पाराश्वर शर्मा चयन भएका छन्।
अधिवेशनबाट लेखा समिति पनि गठन गरिएको छ, जसमा यमनाथ पौडेल संयोजक तथा कमल पौडेल र राजेन्द्र सुवेदी सदस्य रहेका छन्।
नवनिर्वाचित अध्यक्ष सुवेदीले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै संगठनलाई थप सबल र उत्कृष्ट बनाउने उल्लेख गरे। साथै, निजामती कर्मचारीहरूको हक–अधिकार सुनिश्चित गर्दै सेवाग्राहीको विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
बाह्रौँ जिल्ला अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालको प्रमुख आतिथ्यतामा तथा बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।







