२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चित्रबहादुर केसीको टिप्पणी : ‘प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा आश्चर्य लाग्यो’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको आफ्नै घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले अहिले दैनिक दुई हजार युवाहरू विदेश गइरहेको उल्लेख गरे ।

मुलुकलाई पुँजीवादले नांगो प्रहार गरिरहेको उनको भनाइ थियो ।

‘आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौं । अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दा दिनको पन्ध्र सयदेखि दुई हजारका दरले नयाँ पिँढी बाहिर गइरहेको छ । यही हो प्रगति ? नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ?,’ उनले भने ।

मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको उनले बताए ।

अहिले खाडि र विकसित देशहरूबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे । जनतामा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने पनि उनले बताए ।

‘देशमा पुँजीवादले नांगो आक्रमण गर्‍यो । भएका उद्योग र कलकारखानाहरू सबै सखाप अनि नयाँ पिँढीलाई हामीले यो देशमा केही हुन्न भनेर शिक्षा दिन थाल्यौं,’ केसीले भने, ‘अनि अहिले खाडी र विकसित मुलुकबाट आएको पैसाले हामीले सांसद र सरकार चलाइरहेका छौं । प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा मलाई चाँही आश्चर्य लाग्यो ।’