२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूत मायदाले भने-नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ

अ+ अ-

ललितपुर । नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन् ।  

नेपाल जाइका अलमनाई एशोसिएसन (जान)द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा आज आयोजित स्वागत कार्यक्रममा उनले नेपाल-जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताएका हुन् ।  

राजदूत मायदाले भने, “हाल करिब दुई लाख नेपाली जापानमा अध्ययनलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुहुन्छ । जापानी भाषा, संस्कृति र जापानका बारेमा ज्ञान भएका नेपाली जनशक्तिको जापानमा अझै खाँचो छ ।”

धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रूपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गरे ।

‘जान’का सदस्यहरूले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको विकासका लागि जानका सदस्यले भविष्यमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजक संस्था जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जानले विगत पाँच दशकदेखि नेपाल–जापानबीचको सम्बन्ध सुमधुर बनाउन, जापानी प्रविधि नेपालमा भित्र्याउन र देशको आर्थिक विकासमा सहयोग पुर्‍याउन उल्लेख्य भूमिका खेलेको बताए । अलमनाई एशोसिएसनले दुई देशबीचको सम्बन्ध विस्तार गर्ने सिलसिलामा ललितपुर र सिन्धुपाल्चोकको ग्रामीण समुदायमा विभिन्न सहयोग तथा जापानी प्रसिद्ध वृक्ष साकुराका बिरुवा हस्तान्तरण कार्यसमेत गर्दै आएको छ । 

स्वागत कार्यक्रममा जाइका नेपालका प्रमुख आवासीय प्रतिनिधि मिजुकी माच्चुजाकी, सरकारका उच्च अधिकृत, जानका सदस्य, जापानी राजदूतावास एवं जाइका नेपालका उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस