काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सबै मिलेर नेपाल बनाउने बेला आएको बताएका छन्।
तनहुँको व्यास नगरपालिका-८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले देशमा केही भएन भनेर निराशा व्यक्त गर्ने समय नभएको बताएका हुन्।
उनले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताए। उनले भने,‘नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहन्छौँ। राज्यले त्यहीअनुसार काम गरिरहेको छ।’
पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने जानकारी गराए।