काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा गण्डकी निजामती सेवाका विभिन्न सेवा समूहका ५ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ।
बढुवा समितिको २०८१ माघ ७, १२ र १३ गते बसेको बैठकको निर्णय अनुसार प्रदेश प्रशासन सेवा अन्तर्गत प्रशासन /प्रशासकीय/ अधिकृत सातौँ/ लेखा अधिकृत र प्रदेश शिक्षा सेवा अन्तर्गत शिक्षा प्रशासन/शाखा अधिकृत सातौँ पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
