१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान अभियानको खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ पत्र पठाएका छन्। उनीविरुद्ध खानेपानी आयोजना निर्माणमा अनियमितता गरेको आरोप लगाउँदै आयोगमा उजुरी परेको थियो। सोही विषयमा मेयर साम्पाङले शुक्रबार जवाफी पत्र पठाएका हुन्।

केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षों बिन्ती बिसाउँदा पनि नसुनेकोले थोत्रे गाग्री लिएर सिंहदरवार पुगे, जनतालाई पानी चाहिएको उनले पत्रमा उल्लेख गरेका छन् । साम्पाङले आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के त्यसैले हाम्ले श्रमदान गर्नु परेको हो, खोइ कुरा बुझेको भनी प्रश्न समेत गरेका छन् ।

केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको जानकारी पत्र मार्फत उनले दिएका छन् ।

साम्पाङले जवाफी पत्रमा भनेका छन्, “उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो रु कति दिन श्रमदान गन्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला, धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नवजाको देख्दा राज्यको ढुकुटी खर्चेर बनाएको मेलम्ची, दमक टावर जस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला । पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान है फेरि ।”

हेर्नुहोस् पत्र :

प्रतिक्रिया दिनुहोस