२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘केपी ओलीले फेस गर्न सकेनन् मलाई’ : हर्क साम्पाङ

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग फेस गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

साम्पाङ मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुगेका थिए । उनले खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भेटेर धरानको पानीको समस्या र बजेट सुनिश्चितता गर्न आग्रह गरेका थिए ।

लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर पत्र बुझाउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

तर, उनले प्रधानमन्त्रीसँग भेट्न पाएनन् । प्रधानमन्त्रीसँग भेट्न नपाएका साम्पाङले सामाजिक सञ्जालमा भनेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई ।’

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार साम्पाङसँग आज भेटघाटको कार्यक्रम नै तय भएको थिएन ।

खानेपानीको समस्या सुनाउन भन्दै उनी सोमबार रित्तो गाग्रो बोकेर काठमाडौँ आएका थिए । मंगलबार सिंहदरवारमा पनि उनी रित्तो गाग्रोसहित पुगेका थिए । यद्यपि प्रहरीले गाग्रो खोसेको थियो ।