२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन: एआइजी तामाङ

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन नसक्ने बताएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज आयोजना गरेको सुरक्षासम्बन्धी अन्तरक्रियामा उनले सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच हातेमालो आवश्यक रहेको बताए ।

अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति, सुरक्षा कायम गर्नुका साथै कुरीति र बिसंगति अन्त्य गर्न नागरिकको भूमिका पुलको रूपमा रहेको औँल्याउँदै प्रहरी र नागरिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । 

शान्तिपूर्ण र सुरक्षित समाजका लागि सामुदायिक–प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक र प्रहरी एकजुट भई अगाडि बढ्नुपर्ने उनले धारणा राखे । “प्रहरीलाई सूचना दिने तथा गलत प्रवृत्ति देखेमा त्यसलाई नियन्त्रण गर्न नागरिकको सुझाव तथा सल्लाह आवश्यक छ”, उनले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गरे । उनले प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य र समन्वयले मात्र समाजमा शान्ति सुरक्षा थप मजबुत हुने धारणा राखे । 

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले समुदाय र प्रहरीको सहकार्यले मात्र आपराधिक घटना न्यूनीकरण गर्न सकिने बताए । अन्तरक्रियामा शान्ति सुरक्षा, सडक सुरक्षा, लागुऔषध दुर्व्यसनी न्यूनीकरणका विषयमा जिज्ञासा र गुनासो राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस